राजेश सुवेदीको “अभिसार” उपन्यास लोकार्पण तथा रचनावाचन कार्यक्रम हुने


सुवन,दक्षिण कोरिया – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, दक्षिण कोरिया शाखा र मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको संयुक्त आयोजनामा लेखक राजेश सुवेदी द्वारा रचित उपन्यास ‘अभिसार’ को भव्य लोकार्पण तथा रचनावाचन कार्यक्रम आउँदो २०२५ मे ४ तारिख, आइतबार बिहान ११ बजे उरी हिमालयन रेष्टुरेन्ट हल, सुवन मा आयोजना गरिने भएको छ।

कार्यक्रममा उपन्यासमाथि आर एन अधिकारी द्वारा विश्लेषणात्मक मन्तव्य प्रस्तुत गरिनेछ। साथै, रचनावाचन कार्यक्रममा सरोज भण्डारी (कविता), शंकर नेपाल (गजल) र रोदुङ यायावर (मुक्तक) प्रस्तुत हुनेछन्।

उपन्यास इन्डीगो इङ्क प्रकाशन, काठमाडौं बाट प्रकाशित भएको हो।

साहित्यिक वातावरणलाई समृद्ध बनाउन आयोजित यस कार्यक्रममा दक्षिण कोरियास्थित सम्पूर्ण नेपाली साहित्यप्रेमीहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आयोजकहरूले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस