पोखरा।पोखरा महानगरपालिका–९, पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्सको टहरामा एक व्यवसायी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
मृत्यु हुनेमा नुवाकोट जिल्लाका ७० वर्षीय दिलबहादुर तामाङ रहेका छन्।
टहराभित्र फलामको पाइपमा डोरीको सहाराले झुण्डिएको अवस्थामा एक पुरुषलाई देखेपछि नेपाल प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) लक्ष्मण घिमिरेको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलको मुचुल्का उठाउने लगायत आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
उक्त संरचनामा आज पोखरा महानगरपालिकाले डोजर लगाई भत्काउने तयारी गरेको छ।
#NewsUpdate