मार्क्सवादी अध्ययन स्रोत केन्द्रको आयोजनमा अग्निशिखा पुस्तकको लोकार्पण

पोखरा।मार्क्सवादी अध्ययन स्रोत केन्द्रको आयोजनमा पोखरामा अग्निशिखा पुस्तकको लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमा वाम विश्लेषक त्रिलोचन ढकालले भन्नु भयो,’जेनजी आन्दोलनलाई ठिक ढङ्गले परिभाषित गर्दै कारण खोजिनु पर्छ।शोषित पिडितको पक्षधर हो मर्क्सवाद।कांग्रेशले दर्शन बिर्सीयो।अहिले काममा शमशेरवाद हाबी भएको छ।’

त्यसैगरि प्रथम संविधान सभा सदस्य एवम युवा नेता राजकाजी गुरुङ’करण’ भन्नुभयो,’मर्क्सवादको आधारभुत विषयलाई तोडमोड गरिनु हुदैन।२१ औ शताब्दीमा मर्क्सवादको महत्व झन बढेको छ र जेनजी आन्दोलन पछि वर्गसंघर्ष झन पेचिलो बनेको छ।नेपालमा पुष्पलाल र जनयुद्धको महत्व धेरै छ।’

पुस्ततको परिचर्चा गर्दै प्राध्यापक लेखनाथ भट्टराई भन्नु भयो,’जेन्जी आन्दोलन पछि कम्युनिष्ट पार्टीहरुको आन्दोलन कता हुने भन्ने जिज्ञासा राखेका छन।’

राससका पुर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार कोमलनाथ बरालले वैचारिक पुस्तक प्रकाशित हुने कुरा राम्रो छ,भन्नु भयो।विश्लेषक शेषमणि आचार्यले आफै भित्र भएको सामान्तवाद हटाउन जरुरी छ,भन्नु भयो।वामपन्थी नेता केश बहादुर परियारले वाम आन्दोलनमा टुटफुटको समस्या देखिएको बताउनु भयो।

कार्यक्रमका अध्यक्ष झलकपाणी तिवारीले अग्निशिखा पुस्तकमा कम्युनिष्ट आन्दोलनलाई केन्द्र बनाएर लेखिएका लेख धेरै छन।अबको पुस्तकमा जेनजी आन्दोलन बारे थप लेख आंउने छन।अनुसन्धानात्मक विषयलाई मर्क्सवादी अध्ययन स्रोत केन्द्र जोड् दिइरहेको बताउनु भयो।साथै तिवारीले प्रकाशनका अनुभुती पनि सुनाउनु भयो।

कार्यक्रममा स्वागत दुर्गादत्त भण्डारीले गर्नु भएको थियो भने सञ्चालन डिल्ली प्रसाद ढुङ्गानाले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस