विन्दुवासिनी संस्कृत क्याम्पस पोखरामा,क्याम्पस प्रमुखको नियुक्तिको लागि आन्दोलन

विन्दुवासिनी संस्कृत विद्यापीठ (क्याम्पस) पोखरामा आज अखिल(क्रान्तिकारी)ले अनिश्चतकालको लागि ताला बन्दी गरेका छन।

उपकुलपति लगायत पदाधिकारी संग भएको सहमति अनुरुप संस्कृत क्याम्पस पोखरामा निवर्तमान क्याम्पस प्रमुख डा.विपिराज न्यौपाने(विपिन)को नियुक्तिलाई निरन्तरताको मुख्य माग राखिएको छ।विज्ञप्तिमा शैक्षिक माग पनि साथमा पेस गरेका छन।

न्यौपानेलाई उपकुलपति प्रा.डा धनेश्वर नेपालले तिन महिनाको लागि क्याम्पस प्रमुख बनाएर पत्र पठाएका थिए।

विद्यापिठ क्याम्पस प्रशासन,आर्थिक शाखा र क्याम्पस प्रमुख कक्षमा सांचो लगाएको संस्कृत क्याम्पस अखिल(क्रान्तिकारी) का मुल इकाई ईन्चार्ज दामोदर सञ्जेलले बताए।ईन्चार्ज सञ्जेलले विद्यार्थिको पठनपाठन भने नियमित हुने पनि जानकारी दिए।

आज दिनभरि क्याम्पसको वातावरण तनाव पुर्ण रहेको प्राध्यपकहरुले बताए।

क्याम्पसमा टायर बालेर विद्यार्थिले आन्दोलन गरेका थिए।

अधिकांश प्राध्यापकहरुले दिनभरि तनावपुर्ण वातावरण भएपछि विद्यार्थिका मागहरु पुरा गर्दै उपकुलपतिले सहज वातावरण निर्माण गरिदिन सम्वन्धित केन्द्र दाङमा समेत पहल गरेका थिए।

क्याम्पसका स्वतन्त्र विद्यार्थिहरुले समेत हस्ताक्षर गरि निवर्तमान क्याम्पस प्रमुख डा.विपिराज न्यौपाने(विपिन)लाई पुनः क्याम्पस प्रमुख बनाउदै निरन्तरता दिन हस्ताक्षर अभियान चलाएका छन।विद्यार्थिहरुले उक्त पत्र उपकुलपति र पदाधिकारीहरु समक्ष पठाएका छन।

प्रतिक्रिया दिनुहोस