पोखरा।विन्दुवासिनी संस्कृत विद्यापीठ(क्याम्पस)पोखराका प्राध्यापक,कर्मचारी,विद्यार्थि र शुभेच्छुक विच सर्वपक्षिय बैठक बसेको छ।बैठकमा क्याम्पस प्रमुखको कक्ष,लेखा शाखा र प्रशासन शाखामा दुई महिना देखि लगाईएको तालाबन्दी बारे प्रमुख कारण क्याम्पस प्रर्चायको नियुक्तिमा केन्द्रित रह्यो।
बैठकलाई सहजीकरण गर्दै विद्यापीठका प्राध्यापक श्रीराम बरालले भने,विगतमा उपकुलपति प्रा.डा. धनेश्वर नेपालले जे जस्तो गरे,अब हामी त्यही कुरामा छैनौ,पक्षपात गर्दैनौ,यो कुरा उपकुलपति नेपालले हिजो सहि गरे वा गलत गरे, अब भने सह-प्रध्यापक विपिराज न्यौपाने’विपिन’ लाई १६/१० लगाएर पठाए पनि स्वीकार्ने बताए।क्याम्पसलाई सहज बनाउन उपकुलपति नेपाल र रेक्टर भोजराज जोशीलाई बारम्वार फोन गरेको पनि बरालले बताए।
बैठकमा प्राध्यापक जगनाथ रेग्मीले भने,’विन्दुवासिनी विद्यपिठमा नेपाल संस्कृति विश्वविद्यालय भित्र कार्यरत जो कोही प्राध्यापक प्राचार्य भए पनि स्वीकार गर्ने’,बताए।
बैठकमा प्राध्यापक सत्यराज सुवेदीले,क्याम्पसमा सहज वातावरण बनाउन उपकुलपति प्रा.डा धनेश्वर नेपालले विगतमा गरेका के-के सहमति हुन पालना गरेर निकास दिनु पर्ने बताए।
प्रगतिशिल प्राध्यापक संगठनका सह-प्राध्यापक श्याम पौडेलले ,उपकुलपति नेपाललाई धेरै पटक फोन गरें,सहमति गर्ने भएपछि छिट्टो विद्यापिठमा प्राचार्य नियुक्ति गरिदिनु पर्यो भन्दै अनुरोध गरेको तर उहाले आलटाल गरिरहनु भएको छ।हाम्रो संगठनले सह-प्राध्यापक विपिराज न्यौपाने’विपिन’प्राचार्य हुदां अब फुलमाला लिएर स्वागत गर्ने बताए।न्यौपानेले चालेका सहि कदमलाई साथ दिने पनि बताए।
त्यसै गरि बैठकमा प्रजातन्त्रवादी प्राध्यपक संघ विन्दुवासिनीका सभापति सह-प्राध्यापक भानुभक्त आचार्यले ,नेसंवि उपकुलपति प्रा.डा धनेश्वर नेपाल लाचार र कमजोर भएको बताए।अहिले पहिलेके जस्तो सहज र अनुकुल क्याम्पसको वातावरण नभएकोले सह-प्राध्यापक विपिन न्यौपाने पुन: प्राचार्य भएको खण्डमा हाम्रो संगठनले स्वीकार गर्ने पनि आचार्यले बताए।
उप-प्रध्यापक राजेश घिमिरेले पनि सहज वातावरणको लागि न्यौपाने सरको निरन्तरता नै राम्रो हुने बताए।आफ्ना संगठनको विषय जे-जस्तो भएपनि विद्यापिठको हित प्रमुख भएको घिमिरेले बताए।
उप-प्राध्यापक रबी बास्तोलाले,विगतमा म बाट केहि त्यस्ता केहि कमि-कमजोरी भए,अब नहुने र न्यौपाने सरको निरन्तरता कै पक्षमा रहेको पनि बताए।
उप-प्राध्यापक गणेश शर्मा सुबेदीले पनि अखिल(क्रान्तिकारी)का माग जायज भएको बताए।
सह-प्राध्यापक नारायण सापकोटाले विपिन न्यौपानेलाई सुरुमा किन पठाएको र अहिले किन रोकेको उपकुलपतिले बुझ्नु पर्ने थियो,अब विन्दवासिनी क्याम्पसमा न्यौपाने प्राचार्य हुदां सहज वातावरण हुने स्थीति छ।जे-जे भए पनि ढिलोछिटो हुने यहि हो,भिसि अनिर्णित हुनु हुदैन,सापकोटाले बताए।
सह-प्राध्यापक आनन्दमणी रिजालले आफु अब विगतमा जस्तो नभएको र राजनीतिक पुर्वाग्रही पनि नहुने वचनवद्धता समेत व्यक्त गरे।
बैठकमा सह-प्राध्यापक काशीनाथ कंडेलका श्रीमान र श्रीमती सह-प्राध्यापक दिपा शर्मा कंडेल कक्षा कोठामा विद्यार्थिको प्रिरियडमा गरेको अटेरी,विकृति,गडबड र अनिमियताको बारेमा समेत विद्यार्थि प्रतिनिधिले प्रश्न गरेका थिए।कंडेल दम्पती नाजवाफ भएका विद्यार्थिले बताए।
बैठकको सहजीकरण गर्दै विपिन आचार्यले भने पुर्वजको योगदानको कदर गर्दै वर्तमान समयमा सम्पुर्ण प्राध्यापकहरुले विपिन न्यौपाने सरको निरन्तरताले नै अब वातावरण सहज हुने बताएका छन,उपकुलपति प्रा.डा धनेश्वर नेपालले यस बारे छिट्टो सम्बोधन गरेर क्याम्पसका विद्यार्थिका आन्तरिक कामलाई सहज वातावरण बनाउने गरि सम्बोधन गर्न आग्रह गरे।
उक्त बैठकमा अखिल(क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य शरण सिंह विश्वकर्माले विद्यार्थिका जायज माग बारे विद्यापीठका प्राध्यापक अझै पनि गंभिर नभएको आरोप लगाए।
बैठकको सञ्चालन विन्दुवासिनी संस्कृत क्याम्पस पोखराका अखिल(क्रान्तिकारी)का फ्याक्सन ईन्चार्ज रामजी आचार्यले गरेका थिए।