विन्दुवासिनी संस्कृत विद्यापीठ(क्याम्पस) पोखरामा क्याम्पस प्रमुख रिक्त भएपछि पुनर्वाहलीको लागि उपकुलपति संग माग राख्दै विद्यार्थि आन्दोलन दैनिक जस्तो भइरहेको छ।आन्दोलन शसक्त तवर गरिएको विद्यार्थि नेताहरुले बताए।कास्की जिल्लाका विद्यापिठका उपलब्ध विद्यार्थि नेताहरु जम्मा भएर नारा जुलुस गर्दै टायर बाल्ने,दवाब बढाउने कार्यले क्याम्पस क्षेत्र दैनिक आन्दोलनमय हुन पुगेको छ।

क्याम्पसका विद्यार्थिहरुले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति(भिसी)लाई तत्कालिन क्याम्पस प्रमुख विपिराज न्यौपाने ‘विपिन’ लाई पुनर्वाहली गर्दै निरन्तरता दिन माग राख्दै हस्ताक्षर सहित पत्र पठाएका छन।
मंसीर १९ गते बाट क्याम्पस प्रमुख कक्ष,आर्थिक शाखा र प्रशासन शाखामा विद्यार्थिहरुले तालाबन्दी गरेका छन।यद्यपि क्याम्पसको पठनपाठन र शैक्षिक काम भने दैनिक सञ्चालनमा भैइरहेको छ।
न्यौपाने सरको आगमनमा जुन अवरोध गरिएको थियो,अहिले त्यसैको प्रतिरोध गरिएको,विद्यार्थी नेताहरुले बताए।
क्याम्पसको वातावरण असहज बनेपछि विकास समितिको बैठक पनि बसेको छ।

यस बारे विन्दुवासिनी संस्कृत क्याम्पस पोखराका पुर्व क्याम्पस प्रमुख श्रीराम बराल संग विद्यार्थिहरुले छलफल समेत गरेका छन।छलफलका क्रममा पुर्व क्याम्पस प्रमुख बरालले ,न्यौपाने सरलाई क्याम्पस आगमनको सुरुवातमा अपमान हुन पुगेको महशुस गरेका छन र छोटो समयमा पनि कतिपय क्याम्पस भित्रका विकृति र बेथितीको सुधार गरेकोमा न्यौपानेको प्रंशसा पनि गरेका छन र आगामी दिनमा न्यौपाने क्याम्पस प्रमुख बनेर आंउदा आफुले सहज रुपमा क्याम्पसमा स्वागत गर्ने पनि बताए।
यसमा विन्दुवासिनी क्याम्पसमा कार्यकरत कर्मचारीहरु पनि न्यौपानेको निरन्तरतामा सकारात्मक छन।
यसै गरि विन्दुवासिनी क्याम्पसमा कार्यरत प्राध्यापकहरुले विश्वविद्यालयमा छ महिना लगाएको तालाबन्दी खोल्दा उपकुलपतीले शक्ति सन्तुलनको आधारमा गरेको सहमति अनुसार अगाडी बढ्दा विन्दुवासिनी क्याम्पस पोखरामा सहज वातावरण हुने बताए।अहिलेको अशान्त वातावरणलाई शान्त बनाउन भिसी गंभीर हुनु पर्ने विन्दुवासिनीका क्याम्पस पोखराका प्रगतिशिल प्राध्यापक संगठनका प्राध्यापकहरुले अनौपचारिक छलफलमा बताए।
प्राध्यापकका अगुवाहरु यस विषयमा पनि सहमत देखिन्छन। प्रजातन्त्रवादी प्राघ्यापक संघ नेसंविका महासचिव नारायण बरालले भने ,भिसीले सहमति गरेपछि पालना गर्नु हुन्छ।
नेसंवि प्रगतिशिल संगठन निकट प्राध्यापकहरुको पनि चाहना फेरिपनि छ महिना वा त्यो भन्दा धेरै विश्वविद्यालयमा ताला लगाउने वातावरण भिसीले गर्न नहुने बताए।
नेपाल संस्कृत विश्वविद्यालयका कार्यकारणी सदस्यले नाम नखुलाउने सर्तमा भने रजिष्टारले ग्रीन सीग्नल दिने बित्तिकै भिसीले बिन्दुवासिनी क्याम्पस पोखरामा विपिराज न्यौपाने’विपिन’को नै निरन्तरता गर्ने बताए।