२५७०औँ बुद्ध जयन्ती तथा वैशाख पूर्णिमा मेला याङ्जाकोटमा सम्पन्न

कास्की।२५७०औँ बुद्ध जयन्ती तथा वैशाख पूर्णिमा मेला भव्य रूपमा सम्पन्न भएको छ। मेलामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको थियो।

खेलकुदतर्फ खुला वडा स्तरीय भलिबल प्रतियोगितामा प्रथम स्थान सुक्लागण्डकी नगरपालिका वडा नं. १२ ले हासिल गर्यो भने द्वितीय स्थान हरिनास गाउँपालिका ले प्राप्त गर्यो। विजेता टोलीले रु. १ लाख ११ हजार १ सय ११ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेताले रु. ५५ हजार ५ सय ५५ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।भेट्रान्स भलिबल प्रतियोगितामा मादी गाउँपालिका वडा नं. २ घाम्राङ प्रथम हुँदै रु. ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने द्वितीय स्थान पोखरा महानगरपालिका वडा नं. २८ ले हासिल गर्दै रु. २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।

खुला भलिबलतर्फ उत्कृष्ट खेलाडी ईश्वर सुनार घोषित हुँदै रु. १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे। भेट्रान्सतर्फ उत्कृष्ट खेलाडी मिलन गुरुङ घोषित हुँदै रु. ५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।

खुला ठेलो प्रतियोगितामा दुजिक थापा प्रथम हुँदै रु. ५२ हजार ५ सय नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे भने द्वितीय स्थान मनोज गुरुङ ले हात पार्दै रु. २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।

महिला रस्साकस्सी प्रतियोगितामा मादी आमा समूह B प्रथम हुँदै रु. १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने द्वितीय स्थान मादी आमा समूह A ले रु. १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।

महिला कुर्सी दौड प्रतियोगितामा तृतीय जितमाया गुरुङ, द्वितीय नन्दकुमारी गुरुङ र प्रथम प्रमिला परियार हुन सफल भए।
समापन समारोहमा प्रमुख अतिथि टीका गुरुङ ले मेलाले संस्कार र संस्कृतिको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै आयोजक याङजाकोट मिलन युवा क्लब लाई धन्यवाद व्यक्त गर्नुभयो।
विशेष अतिथि देवीजंग गुरुङ ले यस्ता मेलाले पुराना रीतिरिवाज र संस्कार जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै पालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रम समापन गर्दै क्लबका अध्यक्ष योगेन्द्र गुरुङ ले मेला सफल बनाउन सहयोग गर्ने मादी गाउँपालिका कार्यालय, वडा नं. ३ कार्यालय, आमा समूह, आर्थिक सहयोगदाता, सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मी तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रम सञ्चालन क्लबका सचिव अमृत गुरुङ ले गर्नुभएको

प्रतिक्रिया दिनुहोस