कास्की। गण्डकी मझौला मिनि ट्रक सन्चालक समितिले आफ्ना स्वरोजगार ब्यबसायी , चालक र सहचालकहरुलाई एक दिवसिय ट्राफिक प्रशिक्षण एवम बनभोज कार्यक्रमको आयोजना चैत्र १४ गते पोखरा वडा नं.११ कार्की डांडामा भेला गरि सम्पन्न गरेको छ।
स्वरोजगार ब्यबसायी , चालक र सहचालकहरुलाई ट्राफिक प्रशिक्षण दिएर दुर्घटना न्यूनीकरण गर्ने बार्षिक कार्यक्रम अनुसार प्रशिक्षण आयोजना गरिएको समितिका अध्यक्ष मनोज रसाइलीले बताए ।
गणडकी मझौला मिनि ट्रक सन्चालक समितिमा १६० जना ब्यबसायीहरु आबद्द रहेको समितिका सुचना अधिकारी श्याम ताम्राकारले बताए ।
जिल्ला ट्राफिक कार्यालय कास्कीका प्र ना नि सन्तोष ज्ञवालिले पशिक्षण दिएका थिए । ट्राफिक प्रशिक्षण एवम बनभोज कार्यक्रमको सन्चालक सचिव श्याम ताम्राकारले गरेका थिए भने सहसचिव केशब श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा समितिका सल्लाहकार गङ्गा बहादुर तामाङ,खड्क बहादुर विश्वकर्मा , अखिल नेपाल यातायात मजदुर सङ्गठन गण्डकीका अध्यक्ष सुर्यभक्त पौडेल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।