कास्की। बेगनासताल बराह क्षेत्रबिकास संस्था पोखरा-३१, बेगनासको बार्षिक साधारण सभा तथा चौथो अधिबेशनबाट अध्यक्षमा सुरेन्द्र सापकोटाभाट बनेका छन।त्यसैगरि कार्यसमितिको उपाध्यक्ष भुवनेश्वर कडेल,सचिव प्रदिपराज कडेल,सहसचिव संकल्प कंडेल,कोषाध्यक्ष सीता हिमाल,सदस्यहरु विष्णु माया कंडेल,ओम कुमारी बराल,फणीन्द्र कंडेल ,रमेश कंडेल,ज्ञानु जलारी,केशवराज तिवारी निर्विरोध निर्वाचित भएका छन् ।

उक्त कार्यक्रमका प्रमुख अथिति पोखरा महानगरपालिका वडा नं.३१ अध्यक्ष ढकनाथ कंडेलले यस क्षेत्रको विकासले धार्मिक पर्यटनमा टेवा पुग्ने भएकाले सवै सरोकारवाला निकाय सकृय हुनुपर्ने वताए। कार्यक्रममा वडा सदस्य देवेन्द्रराज अधिकारी , विनोदमणी लामीछाने , वेगनासताल धार्मिक तथा पर्यटन विकास सस्थामा अध्यक्ष मित्रलाल भण्डारी ,सस्था सस्थापक अध्यक्ष वद्दिनाथ कंडलेले आ-आफ्नो धारण राखे। कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष विष्णु सुवेदीले गरेका थिए।