कास्की। मार्क्सवादी अध्ययन श्रोत केन्द्र पोखराको आयोजनमा,’नेपालको कम्युनिस्ट आन्दोलन : एकता र पुनर्गठनको सवाल’ विचार गोष्ठी आयोजना गरेको छ।विचार गोष्ठीमा वक्त्ताहरु बामपन्थी विश्लेषक लेखनाथ न्यौपाने,डा. विन्दा पाण्डे,संगीत श्रोता र कृष्ण वाग्ले लगायत पोखराका बामबुद्धिजिवीहरुको उपस्थीति रहने मार्क्सवादी अध्ययन श्रोत केन्द्र पोखराका अध्यक्ष झलकपाणी तिवारीले जानकारी दिए।
नेपालको कम्युनिस्ट आन्दोलनले पार गरेका विभिन्न घुम्ती, यसको वर्तमान अवस्था र अबको बाटोका विषयमा गम्भीर समीक्षा गर्न नितान्त आवश्यक भइसकेको छ। यसै सन्दर्भमा, वामपन्थी शक्तिहरूबीच एकता र पुनर्गठनका सम्भावनाहरूमाथि गहिरो वैचारिक बहस चलाउने उद्देश्यले मार्क्सवादी अध्ययन श्रोत केन्द्र, पोखराको आयोजनामा बैशाख १३ गते १ बजे दिंउसो घनेश्याम ढकाल स्मृति कक्ष,शहिद पार्कमा हुने मार्क्सवादी श्रोत केन्द्रका अध्यक्ष झलकपाणी तिवारीले बताए।