मार्क्सवादी अध्ययन श्रोत केन्द्र ,पोखराको आयोजनामा २०८३ साल बैशाख १३ गते पोखरामा ‘नेपाली कम्युनिस्ट आन्दोलनको एकता र पुनर्गठन’ बिषयमा बिशेष विचार गोष्ठी सम्पन्न भयो ।
कम्युनिस्ट आन्दोलन का कार्यकर्ता ,अध्येता र बौद्धिक ब्याक्तित्व हरुको सहभागिता रहेको कार्यक्रममा परिचीत वामपन्थी बौद्धिक तथा नेताहरू लेखनाथ न्यौपाने ,धनन्जय दवाडी ,आशा कोइराला ,संगीत श्रोता र कृष्ण वाग्ले (रुपेश)वक्ताको रूपमा प्यानल डिस्कसनमा सहभागी थिए ।उक्त छलफलमा फ्लोरवाट पनि सातजना भन्दा बढीले जिज्ञासा र टिप्पणी गरे ।प्राध्यापक राजेन्द्र पौडेलले ब्यबस्थापन गरेको उक्त समारोह को अध्यक्षता संस्थाका अध्यक्ष झलक पाणि तिवारीले गरे ।
सहिद पार्कको घनश्याम स्मृति कक्षमा भएको गोष्ठी साढे दुई घण्टा संचालन भयो र लगभग सयजना को सहभागिता थियो ।समग्र कार्यक्रम को भिजुयल समेत बनाइएकोले इच्छुक साथीहरू ले पछि पनि हेर्न सक्ने आयोजक संस्थाले बताएको छ।उक्त कार्यक्रममा पोखरा महानगर कार्यालय को समेत सहयोग रहेको बताइन्छ ।