आमाको आशीर्वाद

सपना पौडेल सुवेदी

सधै हाम्रो जन्मको उत्सव छ मनमा
खुसीको बगैँचा फुलिरहेको जीवनमा ।

साझा जन्मदिन ,साझा मुस्कान
सपना बनेर टाँसिएका दुई प्राण।

यो जीवनको आमा जरा हो
जीवन आकाशमा उडिरहेको चरा हो

उनकै माया उनका त्यागका लेखिएका नारा
सजिएका छन् हाम्रो भाग्यका गाथा सारा।

आज सफल छौँ खुसी छौँ हामी
किनभने आमाको आशीर्वाद छ साथमा हामी।

जीवनका हर क्षणमा उहाँको अंश छ
जन्मदिन हाम्रो होइन, उहाँको वंश छ॥

प्रतिक्रिया दिनुहोस