लाल सपनाहरु हुर्काएको पुस्ता

हामी सडकमा ओर्लिएको धेरै भयो
हामी सडकमै छौं
सडकमै लडिरहेछौं
हामी बस्ती पसेको धेरै भयो
हामी बस्तिमै गाइरहेछौं
बस्ती नै बोलिरहेछौं
बस्ती नै लेखिरहेछौं

म पुस्ताले
पहिला दश बर्ष लड्यौं
अनि दश बर्ष लड्यौं
फेरि दश बर्ष लड्यौं
अब पुनः दश बर्ष लडौंला
केही छैन
पुरा जिन्दगी लडौंला
अनवरत लडौंला
जबसम्म लडिरहुँला
तबसम्म तिनिहरु हार्दैनन
केही रहरहरुले सेट ब्याक खाएपनी
सपनाहरूले कहिल्यै सेट ब्याक खाएनन
खाने छैनन

हो कमरेड यो साँचो हो
हामिलाई बन्दुकको मोह छ
पक्कै छ – निश्चित छ
शासन ब्यबस्था नकचरो भएपछी
हामिलाई बन्दुकको मोह भएको हो
भैइरहेको हो

शासकहरुले हामिलाई बन्दुकले थिचेपछी
हामिलाई बन्दुकको मोह भएको हो

अनि प्रश्न आउला
हामी को हौं?
तपाईं को हो ?
उनिहरु को हुन ?
उ को हो ?

कमरेड म पुस्ता त्येस्तो पुस्ता हो
जो पुस्ताले
प्रचण्ड जन्मायो
प्रचण्ड हुर्कायो
किरण झुल्कायो
किरण फुलायो
बिप्लब जन्मायो
बिप्लब हुर्कायो

प्रचण्ड जन्माउदा प्रशव थाम्ने पुस्ता
म पुस्ता हो
प्रचण्ड हुर्काउदा आफू ठिमृएको पुस्ता
म पुस्ता हो
हो कमरेड प्रचण्ड अस्ताएको देख्ने पुस्ता
म पुस्ता हो
प्रचण्ड अस्ताएपछी
किरण झुल्काउने पुस्ता
म पुस्ता हो
किरण हुर्काउने पुस्ता म पुस्ता हो
बिप्लब जन्माएर हुर्काउने म पुस्ता हो
धेरै लाल फुलहरु जन्माएर
लाल सपनाहरु जिबितै राख्ने पुस्ता
म पुस्ता हो

हो कमरेड म पुस्ता
सडकको पुस्ता हो
सुकुम्बासीको पुस्ता हो
हो कमरेड म पुस्ता
अत्याचार नसहने पुस्ता हो
लडिरहने पुस्ता हो ।

मलामी र जन्त एउटै दिन जानुपरेको पुस्ता
नाबी काटन र चिहान खन्न एउटै औजार
समाएको पुस्ता
धोका खाएर नअघाएको पुस्ता
घात खाएर नथाकेको पुस्ता
भ्रम र जालमा नअलमलिएको पुस्ता
निरन्तर क्रान्ति यात्रामा दौडिरहेको धावक पुस्ता

हो हामी निरन्तर लडिरहौं
लडिरहने छौं
जबसम्म उ ढल्नेछैन ।

प्रतिक्रिया दिनुहोस