चुनाव होईन ब्यबस्था बिरुद्ध लडौँ !

वडामा लड्ने की पालिकामा
लडाईँ यसमा नलडौं
यो सत्तासँग
राइफलले लड्ने की मिसाईलले लड्ने
लडाइँ यसमा गरौं
पहिलो निशाना
माफियालाई लगाउने की तस्करलाई
बहस यता गरौं
जनमुक्ति सेनाको पहिलो रोलकाल
माइतिघरबाट गर्ने की थवाङबाट
छलफल यता गरौं !

जनसरकारको प्रमुख को बन्ने
जनसेनाको कमाण्डर को बन्ने
कम्ब्याट कुन प्रयोग गर्ने
छलफल यता गरौं !

पहिलो सहिद तपाई हुने कि म ?

पुरानो ब्यबस्थाको चिहान कहाँनीर खन्ने
जलाउने कि गाड्ने
समाजवादको पहिलो झण्डा कहाँ फहराउने
समाजवादको पहिलो बिहान कुन गित गाउँने
छलफल यसमा गरौँ !

साम्राज्यवादलाई के ले हान्ने
पुँजिबादलाई के ले ठोक्ने
टाउकोमा हान्ने की
छातिमा बजाउने
छलफल यता गरौं !

लडौं कमरेड लडौं
पहिला सिङ्गो ब्यबस्थाको बिरुद्द लडौं
मेयर र उपमेयरको चुनाव
फुर्सदमा लडौंला !

 

प्रतिक्रिया दिनुहोस