दशैं–तिहारमा च्याङ्ग्रा,खसीबोका बिक्रीमा पोखरा महानगरले अतिरिक्त शुल्क नलगाउने

पोखरा। पोखरा महानगरपालिकाले उपभोक्तालाई न्यानो चाडपर्वमा सहज र उचित मूल्यमा चौपाया उपलब्ध गराउन व्यवसायीलाई सहयोग गर्न आग्रह गरेको छ। साथै, अनुगमन प्रक्रियामा व्यवसायीले नियम उल्लंघन गरेमा कानुनी कारबाही हुने चेतावनी पनि दिएको छ।

महानगरपालिकाले मङ्गलबार जारी गरेको सूचनामा आर्थिक ऐन, २०८२ बमोजिम चौपाया बिक्रीमा कुनै पनि प्रकारको बिक्री शुल्क नलाग्ने स्पष्ट गरिएको छ। साथै, प्रचलित बजार मूल्यमा अतिरिक्त शुल्क असुल नगर्न व्यवसायीहरूलाई आग्रह गरिएको छ।

दशैं–तिहार पर्व लक्षित गरी पोखरा महानगरपालिका क्षेत्रमा बिक्री वितरण गरिने खसी, बोका, च्याङ्ग्रा, भेडा लगायतका चौपायामा कुनै पनि अतिरिक्त शुल्क नलगाइने भएको छ।

प्रतिक्रिया दिनुहोस