आनन्द ज्योति मा.वि पोखरा महानगरपालिका वडा नं.३१ लेखनाथका कक्षा-१२ उतिर्ण विद्यार्थिहरुलाई विद्यालयले सम्मान गरेको छ।
विद्यालयको आयोजनमा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.३१ का वडा अध्यक्ष ढकनाथ कंडेल,वडा सदस्य देवेन्द्रराज अधिकारी,विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष छविरमण तिवारी,प्रधानध्यापक शिवराज अधिकारी र प्लस टु कोअडिनेटर सत्यराज कंडेल लगायतको आतिथ्यतामा विद्यार्थिहरुलाई सम्मान तथा उज्वल भविष्यको लागि शुभकामना बधाई सहितको मन्तब्य पनि ब्यक्त गरिएको थियो।
परिक्षामा सहभागी १३ जना विद्यार्थिहरु मध्य ३.५५ जीपिए एकजना ३.२ जीपिए तिन जना २.८ जीपिए र २.७ जीपिए एकजना विद्यार्थि सहित ११ जना अर्थात ८४.६२ प्रतिशत विद्यार्थिहरु उतिर्ण भएका छन।

सम्मान कार्यक्रममा विद्यालयका शिक्षकहरु,वडा कार्यलयका जनप्रतिनिधि एवम कर्मचारीहरु तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।
विद्यार्थि सम्मान कार्यक्रम सञ्चालन बसन्त पहारीले गरेका थिए।