विभिन्न दार्शनिक तथा शिक्षाविदहरुको अनुसार “शिक्षा कोक्रोबाट सुरु भै चिहानमा अन्त्य हुन्छ ।” त्यसकारण मानिसहरू जन्म देखि मृत्युपर्यन्तसम्म औपचारिक,अनौपचारिक र अनियमित तरिकाले शिक्षा ग्रहण गर्दै र त्यसलाई व्यवहारिक रूपमा प्रयोग गरि मानव जिवनलाई सुख र सहज बनाउनका निम्ति अग्रसर हुन्छन्।
” बोट- बिरुवाहरुको बिकास गोडमेल दूारा हुन्छ भने मानिसको बिकास शिक्षादूारा हुन्छ ।” यसरी जोन लोकले शिक्षाको परिभाषा सटिक रुपमा गर्नुभएको छ। वास्तवमा नै बोट- बिरुवाहरुको उचित बिकासको निम्ति गोडमेलको आवश्यक हुन्छ त्यस्तै मानिसको समग्र पक्षको बिकासको निम्ति पनि शिक्षाको आवश्यक पर्दछ। तर वर्तमान समाजमा सबै मानिसको बिकास एउटै दर्शनमा आधारित रहेको शैक्षिक प्रणाली दूारा सम्भब हुन्छ त भन्दा त्यो हुदैन किनकि हाम्रो समाज बर्ग बिभाजित छ।उदाहरणको रूपमा मुख्य पुजिजिबी बर्ग र त्यसको परस्पर बिरोधि रहेको बिरोधि बर्ग निम्न वा सर्बहाराबर्ग। त्यसकारण बर्गबिहिन समाजमा जोन लोकको शिक्षाको परिभाषा सान्दर्भिक नै रहन्छ। तर बर्गबिभाजित समाजमा दर्शन र त्यसमा आधारित शिक्षा पनि बर्गिय भएको हुँदा उहाँकै परिभाषाले सम्पुर्ण बर्गको बिकासलाई समेट्न सक्दैन। उदाहरणको रुपमा हेर्यो भने हाम्रै नेपालको दलाल पुजीवादी संसदिय व्यवस्था र यश अन्तर्गतको शैक्षिक प्रणालीमा पुजिजिबीबर्गका छोराछोरीले पढ्ने शिक्षा र निम्न अथवा सर्बहाराबर्गका छोराछोरीले पढ्ने शिक्षामा पुजीको आधारमा अन्तर भएको हुँदा समग्रमा मानिसमा राजनीतिक, आर्थिक, सामाजिक, संस्कृतक समानता ल्याउन सकिरहेको छैन।
यसरी कुन दर्शनमा आधारित रहेको शासन व्यवस्था र शैक्षिक प्रणालीले मानिसको राजनीतिक,आर्थिक, सामाजिक क्षेत्रमा समानता ल्याउछ त भन्दा त्यो हो सर्वहारावर्गको दर्शन दून्दूात्मक तथा ऐतिहासिक भौतिकवादि दर्शन र यसमा आधारित रहेको बैज्ञानिक समाजवादी व्यवस्था र यश अन्तगर्त रहेको बैज्ञानिक समाजवादी शैक्षिक प्रणाली। यो दर्शनमा आधारित बैज्ञानिक समाजवादी शैक्षिक प्रणालीले मात्र मानिसको मुक्ति र स्वाधीनता सहितको स्वतन्त्रता, समानता,शान्ति र समृदि स्थापना गर्दछ र विश्व्बजारमा दासका रुपमा होइन प्रतिस्पर्धाको रुपमा उभ्याउने छ। यसका आधार धेरै भएता पनि दुई वटाको निम्न चर्चा गरिएको छ।
१) शिक्षामा समान अवसर
दून्दूात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन सर्वहारावर्गको दर्शन भएको हुँदा पुजीवादी व्यवस्थामा जस्तो पुजिपतिका छोराछोरी मात्र डाक्टर,इन्जिनियर,वकिल, अथवा समिष्टगतमा गुणस्तरीय शिक्षा पढ्ने र गरिबका छोराछोरीहरु पैसा नभएको कारणले खाडी मुलुकमा दास हुन जानुपर्ने बाध्यताको अन्त्य हुनेछ। बैज्ञानिक समाजवादी व्यवस्था र शैक्षिक प्रणालीमा मात्र धनी र गरिबको आधारमा पढ्ने नभई विद्यार्थीहरुको चाहना, इच्छा र आवश्यकताको आधारमा समान रूपमा शिक्षा लिने अवसर पाउदछ्न ।
२) समाज र देशको माग बमोजिम शिक्षा
शिक्षा र समाज दुबै एकअर्कामा अन्तरसम्बनित हुन्छ्न। समाज र देशको मागबमोजिम शिक्षा भएन भने त्यो समाज र देश टाउको बिनाको शरीर जस्तै हुन्छ।जस्को कारणले समाज र देशले समृद्धि हासिल गर्न सक्दैन। उदाहरणको रूपमा हाम्रो नेपालमा देश र समाजले जलस्रोतको प्रचुर मात्रामा उपयोग, कृषिमा आधुनिकीकरण, पर्यटनको बिकास, स्रोतसाधन को परिचालन र उपयोगको हुने खाल्को शिक्षण पद्धतिको माग गरेको छ तर यस्को बिपरित बेदेशी बजारमा जिवित श्रमशक्ती बेच्न बाध्यता बनाएको छ।त्यसकारण बैज्ञानिक समाजवादी शिक्षा प्रणालीले मात्र समाज र देशको माग र आवश्यकता बमोजिम जनशक्ति उत्पादन गर्दछ।
अन्तिममा वर्गविभाजित समाजमा राज्यसत्ता पनि वर्गीय हुने भएकोले शिक्षा पद्धति पनि शासन व्यवस्थाको रक्षा गर्ने खालको दासमनोवृत्ती भएको जनशक्ति उत्पादन गर्दछ।त्यसकारण वर्तमान नेपालको शासन व्यवस्था दलाल पुजीवादी व्यवस्था भएकाले यसबाट देश र जनताको मुक्ति र स्वाधीनता सहितको शान्ति समृद्धि दिन नसक्ने भएको हुँदा सम्पुर्ण नवजवान युवाबिधार्थीहरु राजनीतिक,आर्थिक,सामाजिक क्षेत्रमा समानता ल्याउने एउटा् मात्र व्यवस्था बैज्ञानिक समाजवाद हुदै साम्यवाद र यश अन्तर्गत शैक्षिक प्रणाली भएकोले यो प्राप्तिको निम्ति नेकपा को एकीकृत जनक्रान्तिमा सरिक भइ सुन्दर समाज स्थापना गर्नको निम्ति जुटौं ।
लेखक अखिल (क्रान्तिकारी) गोर्खा जिल्लाका अध्यक्ष हुनुहुन्छ ।