नेपाल कम्यूनिष्ट पार्टी कास्कीले आज पोखराको पृथ्वीचोकमा कोण सभाको आयोजना गरेको थियो । कास्की जिल्लाका सेक्रेटरी गोकुल पराजुलीको उपस्थितिमा उक्त कार्यक्रमको आयोजना भएको हो ।
सेक्रेटरी पराजुलीले सो कोण सभा कार्यक्रमलाई सम्बोधन गर्दै दलाल संसदीय व्यवस्थाले नेपाल कम्यूनिष्ट पार्टीलाई प्रतिबन्द लगाएर खरानी बनाउछु भन्ने दुषसाहस गरि रहेका बेला त्यस सपनालाई धव्स्त पार्दै आज क्रान्तिकारीहरुले विजय हासिल गरेर सडकमा जनताका माझमा उभिन सफल भएको र यो नै आफुहरुको पहिलो जित भएको बताएका थिए ।
दिवा सपना देखेर नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुलाई विभिन्न मुद्धा लगाएर फसाउनेदेखि लिएर जेल कोच्ने र विभिन्न आरोपको साथै प्रत्यारोप लगाउने जस्ता कार्यहरुको प्रतिरोध गर्दै आफुहरु यहाँसम्म आउन सफल भएको पनि जनाएका थिए ।
उनले नेपालको राजनितिक एउटा फरक मोडमा उभिएको र यो मोडमा आफुहरु जनताकोबीच फेरी एउटा नयाँ ढङगबाट प्रस्तुत भएको समेत बताएका थिए ।
उक्त कोण सभामा पराजुलीले धेरैलाई विप्लप नेतृत्व अर्थात नेपाल कम्युनिष्ट पार्टीले हिंसाको बाटो अंगाल्यो भन्ने जुन गलत प्रचार गरिएको थियो त्यो सरासर गलत भएको र आफुहरुले कहिलेपनि हिंसाको बाटो नअंगालेको कुरा सदैब नेपाली जनता र राज्यलाई पटक–पटक जानकारी गराएको समेत बताए ।
आफुहरुले सदैब शान्तिको पक्षमा र देश अनि जनताको पक्षमा चोक–चोकमा र नेपाली जनताको बस्ती–बस्तीमा सत्य तथ्यको आवाज बोल्न दिनुपर्ने समेत भन्दै आएको पनि जनाए ।
मुलुकमा १० वर्ष अगाडी माओवादीले जनयुद्धमा ल्याएका ऐजेन्डा अझै स्थापित नभएको बताउँदै माओवादी आन्दोलनले ल्याएका कुराहरु मुल नेतृत्वले सडकमानै छाडेर संसदीय व्यवस्थामा खेल्न गईसकेपछि ती मुद्धाहरुलाई आफुहरुको पार्टीले उठाएको बताए । यही कुराहरु आफुहरुले कमरेड प्रचण्ड, बादललाई र राष्ट्रका संसदीयवादी दलहरुलाई समेत जानकारी गराएको पनि बताए । त्यस्तै सोही सभामा पराजुलीले मुलुक ठूलो दुर्घटनामा जान सक्ने बताउँदै यसलाई जोगाउन अति आवश्यक रहेको जानकारी दिए । मुलुकलाई जोगाउँन र आगामी दिनमा हुन सक्ने दुर्घटनालाई रोक्न क–कसले कहाँबाट त्याग गर्नुपर्ने हो त्यो त्याग र बलिदान गर्र्न आफुहरु सदैब तयार भएको पनि सम्बोधनको क्रममा व्यक्त गरेका थिए । यसैगरी नेकपा कास्कीले प्रतिबन्ध खुला भएपछि र तिन बुदे सहमति पस्चात आफ्नो खुल्ला कार्यक्रम गर्दै आईरहेको छ । नेकपा कास्कीले पोखराको तालचोक, माछापुच्छ्रे गाउँपालिका लगायतका ठाउँहरुमा समेत कोण सभा गरीसकेको सेक्रेटरी गोकुलले बताउनु भयो ।