साउदी अरब र नेपालबीच दुई पक्षीय श्रम सम्झौता हुदै

नेपाल–साउदीबीच दुई पक्षीय श्रम सम्झौता आगामी जनवरी अन्तिम सातामा हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

साउदीमा हुने ‘लेबर एक्स्पो’ का अवसरमा सम्झौतामा समेत हस्ताक्षर हुन लागेको मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन महाशाखा तथा रोजगार आप्रवासन नीति शाखाका उपसचिव प्रवीण कोइरालाले बताए।

एक्स्पो आगामी जनवरी २७ र २७ मा हुने र सोही अवसरमा सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको उनले बताए।

साउदीमा पाँच लाख हाराहारी नेपाली कार्यरत रहेको अनुमान छ। वैदेशिक रोजगार विभागका अनुसार नेपालबाट वार्षिक डेढ लाख हाराहारी श्रमिक साउदी गइरहेका छन्।

प्रतिक्रिया दिनुहोस