बेगनासताल डुंगा व्यवसायी समितिको साधारण सभा र अधिवेशन सम्पन्न

बेगनासताल डुंगा व्यवसायी समितिको ३१औँ साधारण सभा तथा १४औँ अधिवेशन सफलतापूर्वक सम्पन्न भयो।

कार्यक्रममा वडाध्यक्ष ढकनाथ कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जनुका पराजुली अधिकारी तथा लेखनाथ होटल एसोसिएसनका अध्यक्ष वीर भद्र कँडेल विशेष अतिथिको रूपमा उपस्थित रहनुभयो।

स्थानीय धार्मिक संघ–संस्था, आमा समूहलगायत क्षेत्रका विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

नवनिर्वाचित कार्यसमिति अध्यक्ष नवराज बास्तोला उपाध्यक्ष महादेव कँडेल,सचिव शोभाकर कँडेल,सह–सचिव चन्द्रकान्त बास्तोला कोषाध्यक्ष देबु कँडेल चयन भएका छन।साथै सदस्यहरू
विश्वेश्वर कँडेल, रामप्रसाद लामिछाने, सीता हिमाली, कुलमोहन पोखरेल, आइत बहादुर नेपाली चयन भएका छन।

लेखा संयोजक सोमराज कँडेल,सदस्यहरुमा शिवाकुमारी अधिकारी, तिलकप्रसाद अधिकारी

कार्यक्रम संस्थाका अध्यक्ष रबिराज कँडेलको सभापतित्वमा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस