पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी सघं कास्कीको आयोजनमा पारिवारिक रमाईलो बनभोज कार्यक्रम लेखनाथ को टाइगर टप डाडामा सम्पन्न भएको छ ।

उक्त पोखरा इलेक्ट्रोनिक्स तथा मोबाईल व्यावसायिक संघ,कास्कीका अध्यक्ष चिन्तामणि खरेलले बनभोजमा उपस्थित सम्पूर्ण व्यवसायी तथा व्यवसायी परिवारजनलाई हार्दिक आभार तथा धन्यवाद ब्यक्त गरेका थिए ।
बनभोज समापनपछि मोबाईल व्यवसायीहरुले,बनभोज कार्यक्रम स्थल टागरटपमा वरपर सरसफाई गरेको पनि अध्यक्ष खरेलले बताए।
बनभोज कार्यक्रममा पोखराका मोबाईल बिक्रेताहरुको उपस्थीति रहेको थियो।