बज्र इनर्जी भेन्चर्स प्रा लि हाइड्रोपवर मादी नदीमा बज्रमादी जलबिद्युत आयोजना(२४.८ मेगवाट) निर्माणके अन्तिम चरणमा प्रवेश गरेको छ।
बज्र इनर्जी भेन्चर्सले आयोजनाको विषयमा मिति २०८२ साल मंसीर २५ गते मादी गांउपालिका वडा नं.४ मा सार्वजनिक सुनवाई गरेको छ।सार्वजनिक सुनवाईमा प्रभावित क्षेत्र मादी गांउपालिका वडा नं. ३,४,५,७,११,१२ र पोखरा महानगरपालिका वडा नं.२८ का जनपतिनिधि र नागरिकहरुको उपस्थीतिले स्थगीत गरिदिएका छन।
उक्त सार्वजनिक सुनवाईमा उपस्थीत मादी गांउपालिका वडा नं.७ का अध्यक्ष दुर्गा बहादुर गुरुङले भने स्थानिय जनता र प्रभावित क्षेत्रको माग नभए सम्म आयोजनाले कुनै पनि निर्माणको काम प्रक्रिया अगाडी नबढाउन बज्र इनर्जी भेन्चर्स प्रा.लीका सन्चालकलाई अनुरोध गरेका छन। मादी गांउपालिका का सबै वडाहरु प्रभावित क्षेत्रमा समेट्न पनि गुरुङले आग्रह गरे।
साथै अध्यक्ष दुर्गा बहादुर गुरुङले भने प्रमोटर शेयर स्थानिय प्रभावित क्षेत्रका नागरिकहरुलाई आयोजनको काम ५० प्रतिशत,सम्पन्न भएपछि मात्र खोल्नु पर्ने र पव्लिक शेयर(IPO) प्रभावित क्षेत्र लाइ अधिकत प्रतिशत छुटाएर सेयर दिन माग गरेका छन।
साथै पालिका र अन्य प्रभावित वडाका जनपतिनिधिहरु पनि माग सुनवाई गर्न लागिदिन स्थानिहरुले अनुरोध गरे।