पोखरामा आर्युवेद तथा वैकल्पिक चिकित्सा शाखा सञ्चालनमा


पोखरा महानगरपालिकाले आर्युवेद तथा वैकल्पिक चिकित्सा शाखा सञ्चालनमा ल्याएको छ । नियमित योग, प्राणायाम र ध्यानका कक्षाहरू सञ्चालन गर्ने गरी यो शाखा स्थापना गरेको हो । शाखाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरेका हुन।

सो अवसरमा महानगर प्रमुख आचार्यले,मानिसहरूको व्यस्त जीवनशैलीका बाबजुद स्वास्थ्य र मानसिक रूपमा समेत तन्दुरुष्तिका लागि आवश्यक योग र ध्यानका लागि एक निश्चित स्थानको व्यवस्था गरिएको बताए ।

उक्त शाखामा दैनिक योग प्रशिक्षकहरुद्धारा योग तथा ध्यानका कक्षाहरू सञ्चालनमा उक्त हुनेछन ।

पोखरा महानगरपालिका वडा नं.८ सृजनाचोक स्थित पुरानो वडा कार्यालयको भवनमा आर्युवेद तथा वैकल्पिक चिकित्सा शाखा स्वास्थ्य महाशाखा मातहत रहने गरी सञ्चालनमा ल्याइएको हो।

कार्यक्रममा वडा अध्यक्षहरू रुद्रनाथ बराल, राम मोहन आचार्य, दीपेन्द्र मर्सानी, दुर्गा प्रसाद सुवेदी, स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस