सिटामोल कुर्ने कर्णालीमा डाक्टर उत्पादन गर्ने नरेश भण्डारीलाई जिताउन जनयुद्धका घाईते शाहीको जुम्लावासीलाई अनुरोध

जनयुद्धका घाइते रण बहादुर शाही’सिद्दान्त’ ले व्यवस्थाको रक्षा र जुम्लाको विकासको लागि नेपाली कम्युनिष्ट पार्टीका प्रत्यक्ष तर्फका उम्मेदवार नरेश भण्डारीलाई भोट हाल्न अनुरोध गरेका छन ।
जुम्ला जिल्लाको तिला गांउपालिका निवासी शाही जनयुद्ध कालदेखी हाल सम्म पत्रकारीतामा सक्रिय छन।

शाहीले पोखरापाटीका संवादाता संग भने,जुम्लावासी आदरणीय आमा बुबा दिदि बहिनी र दाजुभाई फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा व्यवस्था रक्षाका लागि साथै हामी नागरिकले प्राप्त गरेका अधिकारको रक्षा,भौतिक विकास,आर्थिक विकास,कृषि उत्पादनको वृद्धि,थप अधिकार प्राप्ति र जेन्जिको भावनाको प्रतिनिधित्व गर्न सक्ने उम्मेदवार नरेश भण्डारीले मात्र भएको हुनाले तारा चिन्हमा मतदान गर्न अपिल गरे।

कुनै बेला सिटामोलका लागि वर्षौ प्रतिक्षा गर्नु पर्ने कर्णाली प्रदेशमा अहिले डाक्टर (चिकित्सक) उत्पादन गर्ने कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना भएको छ।यो कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको स्थापनाको जननीको रुपमा नरेश भण्डारी परिचय जुम्लामा रहेको छ।

नरेश भण्डारी संबिधान सभाको सदस्य समेत हुन। भण्डारी कर्णाली प्रदेशको पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हुन।भण्डारी तुलनात्मक रुपमा अन्य उम्मेदवार भन्दा बिकास प्रेमी र बौदिक छन।

भण्डारीले खस राज्यको केन्द्र अर्थात सिजा उपत्यका संरक्षणको लागि पुर्व प्रधानमन्त्री प्रचण्ड संग पहल र वार्ता गरेका थिए।

२०७९ पछि संसदमा पुगेका संसदले कर्णालीलाई काठमाण्डौ संग जोड्ने भन्दा पनि विवादित बनेर नागरिकहरुको आवाज नसुनेकाले, जुम्लाका भुईमान्छेको आवाज संसदमा बोल्ने र संसदको गौरब राख्न सक्ने उम्मेदवार नरेश भण्डारी भएको हुनाले यहि फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा तारा चिन्हमा मत दिएर बिजयी गराउन घाईते शाही सम्पुर्ण मतदाता संग अनुरोध गरेका छन।

प्रतिक्रिया दिनुहोस