मतदाताको सुझाव र तथ्यांक संकलनलाई तीव्र बनाउदै उम्मेदवार तिलक रानाभाट

कास्की। नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ का उम्मेदवार तिलक रानाभाटले मतदाताको सुझाव र तथ्यांक संकलनलाई तीव्र बनाएका छन् । उनले क्षेत्र नम्बर १ को समग्र विकासका लागि कस्ता योजना अघि बढाउने र विजयी भएपछि संसदमा के–के विषय उठाउने भन्नेबारे मतदातासँगै बसेर कार्ययोजना तयार पारिरहेका हुन् ।

घरदैलोका क्रममा रानाभाटले अब कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गर्दै विकास निर्माणमा बाधक बनेका कानुनलाई संविधान संशोधनमार्फत हटाउने प्रतिबद्धता जनाए । ‘पहिलो चरणको सचिवालय उद्घाटन र मतदाता भेटघाट सकिएको छ, अब प्रारम्भिक रिपोर्टका आधारमा तथ्यांकमा आधारित विकास योजना अघि बढाउँछौँ’, उनले भने ।यसैबीच, निर्वाचन प्रचारप्रसारलाई अझ व्यापक बनाउन कांग्रेसले आफ्ना भातृ संगठनहरुलाई परिचालन गरेको छ । चुनाव परिचालन समितिका संयोजक एवं क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेका अनुसार नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र नेपाल महिला संघ लगायतका संगठनलाई सक्रिय बनाएर प्रत्येक मतदाताको दैलोमा पुग्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस