कर्णाली सम्पर्क एवं विकास समाज पोखरामा नयाँ नेतृत्व चयन गरि सम्पन्न भएको छ । समाजको आज पोखरामा सम्पन्न चौथो अधिवेशनले जसबहादुर बुढाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
समाजको उपाध्यक्षमा राज्यलक्ष्मी न्यौपाने,महासचिव चन्द्रप्रसाद पाण्डे,सचिव खगेन्द्र खत्री’सुरेन्द्र’, कोषाध्यक्ष नवराज उपाध्याय र सहकोषाध्यक्ष गंगाप्रसाद न्यौपाने चयन भएका छन ।
यसैगरी सदस्यहरुमा राजेन्द्र लामा, विरेन्द्र आचार्य,मेगा सन्ज्याल र रणबहादुर शाही’सिद्दान्त’ र पुष्पराज उपाध्याय चयन भएका छन ।
साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १७ की वडाध्यक्ष राधिका शाही योगीले अथाह पर्यटकीय सम्भावनाको बोकेको कर्णाली प्रदेशको विकासका लागि सबैले साथ र सहयोग गर्नुपर्ने बताएकी थिईन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधब बरालले,कर्णाली प्रदेशको जुम्लाबाट खस नेपाली भाषाको उत्पति भएकोले हामी सबै पत्रकारले नेपाली खस भाषाको प्रचार प्रचार मा जुट्नु पर्ने बताए ।
अधिवेशन संगै पारिवारिक बनभोज पनि गरिएको थियो।
अधिवेशन संस्थापक अध्यक्ष शम्भुनाथ योगीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष जस बहादुर बुढा र सञ्चालन कार्यसमिति सदस्य खगेन्द्र खत्री‘सुरेन्द्र’ले गरेका थिए । कार्यक्रमा संस्थाको संस्थापक सल्लाहकार रामकलि खड्कालाई सम्मान गरिएको थियो ।