नेपाली कम्युनिष्ट पार्टीको आयोजनमा कास्कीको मादी गांउपालिका वडा नं. ११ तल्लो साप्लेमा पालिका स्तरिय एकता सन्देश सभा सम्पन्न भएको छ।
एकता सभामा नेकपाको केन्द्रीय सदस्य राजकाजी गुरुङ (करण)ले जनयुद्दको जगमा भएका उपलब्धीहरुको रक्षा र बिकास गर्न साथै जनतालाई अधिकार सम्पन्न बनाउन कम्युनिष्टहरु एकता भएको बताए। गुरुङ्गले,जेन्जी युवाहरुको विचार र भावनाको नेतृत्व गर्न सक्ने पार्टी नेकपा भएको बताए।मादी गाउपालिकामा निर्माण भएका हाइड्रोहरुको सेयर सर्वसाधारण जनतामा उचित वितरण हुनु पर्ने विषयमा गुरुङ्गले जोड दिए।
सभामा प्रतिनिधिसभाको समानुपातिक उम्मेद्वार तथा नेकपा केन्द्रीय सदस्य सोमती गुरुङ , केन्द्रीय सदस्य निर्मला सुबेदी (क्रान्ती) कास्की जिल्लाका नेता खड्ग हमाल,जिल्ला सचिब बिनय थापा , प्रदेश सदस्यहरु कल्पना पाण्डे ,पुर्ण लामा , लाल बहादुर गुरुङ , तोरण गुरुङ , जिल्ला सदस्य मधुसुदन देवकोटाको उपस्थीति रहेको थियो।
सभामा मादी गाउपालिका वडा नं ७ का वडा अध्यक्ष दुर्गा बहादुर गुरङ लगायतले हाईड्रोबाट जनतालाई मालिक बनाउन , सडक पुर्बधार मर्मत सुधार गराउन गर्न पुर्वधार एम्बुलेन्स , कृषी एम्बुलेन्स , शिक्षा , स्वास्थ्य निशुल्क गराउन , पर्यटन र संस्कृतीको बिकास , गा पा केन्द्र , सुसासन लगायत समसामयिक बिषयबस्तु र कम्युनिष्ट एकताको पक्षमा बोलेका थिए। साथै कार्यक्रममा नेताहरु कासीनाथ अधीकारी , जीवन परियार , रुद्द रानाभाट ,नन्दश्री गुरुङ , राधा सापकोटा , बिनोद बराल , प्रदिप भुजेल सहित मादी गाउपालिकाका नेता एवम कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
सभा कार्यक्रम पालिका सचिब रामकृष्ण अधीकारीको सन्चालनमा गरेका थिए भने अध्यक्ष मित्र गुरुङको अध्यक्षतामा मादी ११ तल्लो साप्लेको सामुदायिक भवनमा सम्पन्न भएको थियो।