पोखरा। आदर्श युवा क्लब पोखरा २९ भण्डारढीकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ४४ युनिट रगत सङ्कलन भएको कार्यक्रम अध्यक्ष पदम गुरुङले जानकारी दिए ।
विकास अनुशासन गतिशीलता भन्ने मूल नाराका साथ स्थापित आदर्श युवा क्लवको २८ औ वार्षिकोत्सवको अवसरमा आयोजित २६ औ रक्तदान कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली द्वारा पहिलो रक्तदाता निर्माण व्यसायी समिति,लेखनाथका अध्यक्ष भिम बहादुर नेपाली(काईला)लाई ब्लड ब्याग हस्तानतरण गरि उद्घाटन भएको थियो ।
रक्तदान कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले आदर्श युवा क्लवलाई शुभकामना दिएकी थिईन।क्लबका संस्थापक अध्यक्ष चेत बहादुर गुरूङ्ले क्लवले गरेको रक्तदान कार्यक्रमको प्रशंसा गरेका थिए ।
कार्यक्रमको अध्यक्षता र स्वागत मन्तव्य क्लबका अध्यक्ष पदम गुरूङ्ले गरेका थिए।कार्यक्रम संचालन क्लबका कार्यसमिति सदस्य ओम प्रसाद कुमालले गरे भने कार्यक्रमको संयोजन क्लबका सदस्य कृष्ण कुमाल गरेका थिए ।