जिल्ला अस्पताल दार्चुला प्रमुख डा.रबिन्द्र भट्टराईको पहलमा जनसेवा सुविधा बढांउदै

सुदुर पश्चिम प्रदेशको दार्चुला जिल्ला अस्पताल प्रमुखमा जुम्ला जिल्लाको तिला गांउपालिका वडा नं.३ लुप्सेरा का डा.रबिन्द्र भट्टराई छन।पढाईमा सानै देखि निकै मेहनति युवा डा.भट्टराई दार्चुला जिल्लाको प्रमुख बनेर जनस्तरमा सेवा प्रवाह गरिरहेका छन।

गांउको सरस्वती मा.वि कुडरी बाट प्रथम श्रेणीमा एस एल सी गरेका डा. भट्टराईले नासा कलेजमा प्लस टु विज्ञान पढे र सरकारी छात्रवृतिमा मणिपाल मेडिकल कलेज पोखरा बाट एमबिबिएस गरेका हुन।

डा.रबिन्द्रका पिता ज्वारिलाल भट्टराई तिला गांउपालिकामा मेडिकल व्यवसाय मार्फत समाजसेवामा लागिपरि रहेका छन।जनयुद्धकालमा पनि उनको मेडिकलले घाईते जनसेनाहरुलाई पनि सेवा गरेको भट्टराई बताउछन।छोराको कामले आफु खुसी रहेको आमा सत्यदेवि भट्टराईले बताईन।भट्टराई परिवारका पांच जना सन्तान मध्य डा.रबिन्द्र तेस्रो सन्तान हुन।

पिताको जनसेवाको चाहनालाई चिकित्सक मार्फत पुरा गर्न पाएकोमा डा.रबिन्द्र भट्टराई गर्व महशुस गर्दछन।डा.भट्टराईका छिमिकी पनि विकट ठांउमा पुगेर जनसेवा गरिरहेको देख्दा डा.रबिन्द्र भट्टराई प्रति अत्यन्त गौरब बोध भएको बताउछन।

डा.रबिन्द्र भट्टराईको पहलमा दार्चुला जिल्ला अस्पतालमा स्त्रीरोग विशेषज्ञको कोटा थपिएको छ।दार्चुलामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थालेकी हुन् ।

विसं २०४२ मा स्थापना भएको जिल्ला अस्पतालमा पहिलो पटक स्त्रीरोग विशेषज्ञ चिकित्सक आएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए । 

जिल्ला अस्पतालका प्रमुख डा रवीन्द्र भट्टराईका अनुसार स्त्रीरोग विशेषज्ञ ल्याउन निकै प्रयास गर्नुपरेको थियो । “म प्रमुख भएर आएयता निरन्तर प्रयासपछि अब हामीले स्त्रीरोग विशेषज्ञ ल्याउन सफल भएका छौं”, उनले भने, “आफू कार्यालय प्रमुख भएर आएर मात्रै भएन, यहाँका नागरिकलाई सेवा दिन जनशक्ति व्यवस्थापन महत्वपूर्ण छ ।”

आफूले जुन क्षेत्रमा गएर काम गरे पनि जनताको सेवा दिने गरी गरिरहेको उनको भनाइ छ । भट्टराई भन्छन्, “दुर्गम क्षेत्रमा सेवा गर्ने मेरो रुचि छ, यहाँका नागरिकलाई सबै प्रकारको सेवा दिन म लागिपर्छु ।” यसअघि डा भट्टराई कर्णालीमा सेवा गरेर आएका हुन् । “मैले चाहेको भए सुगम पाउँथे, काठमाडौँंमै हुन्थ्यो”, उनले भने, “तर, मलाई दुर्गम क्षेत्रका नागरिकको सेवा गर्नमा गर्व महसुस हुन्छ ।”
अबदेखि महिलासम्बन्धी सम्पूर्ण रोगको उपचार तथा आवश्यक शल्यक्रिया  जिल्लामै गर्न सकिने अस्पतालले जनाएको छ । पहाडी क्षेत्रका महिलामा देखिने पाठेघर खस्ने, मुखको क्यान्सर, मासु पलाउने लगायतका रोगको शल्यक्रिया जिल्ला अस्पतालमै गर्ने गरी तयारी भएको छ । स्त्रीरोग सेवा सञ्चालनका लागि अस्पतालले छुट्टै ओपिडी कक्ष र शल्यक्रिया कक्ष व्यवस्था गरेको छ । विगतमा बाहिरै जानुपर्ने अवस्था अब अन्त्य भएको डा भट्टराईले बताए । 

दुर्गम क्षेत्रमा सबै चिकित्सक आउन नचाहे पनि उनीहरुलाई प्रोत्साहन गरेर ल्याउने काम भएको कार्यालय प्रमुख भट्टराईको भनाइ छ।भौतिक क्षेत्रको निर्माण अन्तरगत भवन निर्माणको लागि नेपाल सरकार संग समन्वय र पहल गरिरहेको डा.भट्टराईले बताए ।

डा.रबिन्द्र भट्टराई प्रमुख भएपछि अस्पताल क्षेत्र सफा छ।जिल्ला अस्पतालको मुहार फेरिएको छ।

अहिले जिल्ला अस्पतालमा छात्रवृत्ति करार, प्रदेश करार र ‘निकसाइमन’को सहयोगमा चिकित्सकहरू कार्यरत छन् । अस्पतालमा अहिले तीन अल्ट्रासाउण्ड मेसिन सञ्चालनमा छन् । तथापि अस्पतालमा अझै चिकित्सकहरु आवश्यक रहेको छ।

डा.भट्टराई जिल्ला अस्पताल प्रमुख भएपछि सेवा संगै बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस