पोखरा उद्योग वाणिज्य संघले बुधबार पोखरामा आयोजना गरेको ‘उद्योगी-व्यवसायीमाथि भएको आक्रमणले निम्त्याएको बहुआयामिक असर र निराकरणका उपायहरू’ विषयक अन्तक्रिया गरेको छ।
कार्यक्रममा अवधारणापत्र पेश संघका अध्यक्ष गोकर्ण कार्कीले गरेका थिए।
अन्तरक्रियामा जेन–जीले उठाएका मागहरूमा निजी क्षेत्र र व्यवसायीको साथ र समर्थन रहेको भन्दै उनीहरूले प्रर्दशनको क्रममा उद्योग र व्यावसायिक प्रतिष्ठानमाथि भएको आक्रमणले जोखिम मोलेर व्यवसाय गर्नु र नाफा कमाउनु अपराध हो भन्ने भाष्य स्थापित गर्न खोजेको र त्यसलाई बदल्नुपर्ने भनाइ धारणा राखेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले जेन–जीको प्रर्दशनपछि गठन भएको नयाँ सरकारले देशमा निषेधको राजनीति सुरु गरेको जिकिर गर्दै यसले देशमा कठीन दिन आउन सक्ने भन्दै चिन्ता जाहेर गरेका थिए ।
जेन–जीको प्रर्दशनको क्रममा पोखरा–६ लेकसाईडस्थित विभिन्न होटलहरुमा आगो लगाईएको थियो।
लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले व्यवसायीहरुको हक हितको बारेमा सधै लागेको बताईन।
त्यसैगरि होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले निजी क्षेत्रमाथि सुनियोजित तरिकाले आक्रमण भएको बताए ।