झलनाथ खनाल पत्नी चित्रकारलाई थप उपचारका लागि भारत लगिँदै

काठमाडौं । भाद्र २४ गते जेनजी आन्दोलनकारीले घरमा आगो लगाएपछि घाईते भएकी नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ । जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी चित्रकारलाई थप उपचारका लागि भारत लगिन लागिएको हो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई फोक्सोमा संक्रमण देखिएपछि चिकित्सकले भारत लैजान सुझाएका थिए । त्यसपछि सोमबार राति नै भारत लैजान लागिएको हो ।

प्रतिक्रिया दिनुहोस