काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले अहिले पार्टीबाट सरकारमा गएका मन्त्रीहरू हेरफेर नहुने जनाएको छ । प्रधानमन्त्री केपी ओलीले सरकार एक वर्ष पुगेपछि मन्त्री हेरफेर गर्न चाहेपनि कांग्रेसले आफ्नो मन्त्रीहरू नफेर्ने निष्कर्षमा पुगेको हो ।
आज बसेको शीर्ष नेताहरूको बैठकमा मन्त्री हेरफेर गर्नेबारे कुनै छलफल नभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
प्रधानमन्त्री ओलीले कांग्रेसले पनि केही मन्त्री फिर्ता बोलाए पार्टीबाट केही मन्त्रीहरू हेरफेर गर्न चाहेका थिए । तर, कांग्रेसले मन्त्री हेरफेर नगर्ने अडान लिएपछि प्रधानमन्त्री अफ्ठेरोमा परेका छन् ।
अहिले उपप्रधान तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर प्रकाशमान सिंहले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका छन।
प्रधानमन्त्रीलाई जसपा र लोसपाले मन्त्री बदल्न दबाब दिइरहेका छन।जसपाबाट खानेपानीमन्त्री प्रदीप यादव र महिला मन्त्री नवलकिशोर सुडी छन् । उनीहरूलाई फिर्ता बोलाएर वीरेन्द्र महतो र रञ्जुकुमारी झालाई मन्त्री बनाउन जसपाले प्रधानमन्त्रीलाई नाम दिइसकेको छ ।
लोसपाले पनि पार्टीबाट श्रममन्त्री शरदसिंह भण्डारीलाई फिर्ता बोलाएर सर्वेन्द्रनाथ शुक्ललाई बनाउन प्रधानमन्त्रीलाई आग्रह गरिसकेको छ।