माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले गौर हत्याकाण्डबारे जारी गरेको परमादेश माओवादी लक्षित रहेको बताएका छन् । झट्ट हेर्दा परमादेश उपेन्द्र यादवमाथि लक्षित जस्तो देखिए पनि त्यो आफ्नै पार्टीलक्षित भएको उनको भनाई थियो।
अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीद्वारा आज पोखरामा आयोजित वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।