कांग्रेस र एमालेको संसदीय दलको आकस्मिक बैठक, उपसभामुख रानालाई हटाउने प्रस्तावबारे छलफल हुँदै

संवैधानिक परिषदमा बहुमत पुर्‍याउने कांग्रेस–एमालेको दाउ

उपसभामुख राना र प्रतिनिधिसभामा रहेका दलको अवस्थाछुट्टाछुट्टै रुपमा कांग्रेस र एमालले संसदीय दलको बैठक बोलाएका छन । मंगलबार बिहान बोलाइएको आकस्मिक बैठकमा प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने विषयमा छलफल हुन लागेको नेताहरुले पुष्टि गरेका छन।

हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुबीच उपसभामुखविरुद्ध पद अनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेको स्रोतको भनाइ छ।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलगायतका नेताको सहभागिता थियो । संसदीय दलको बैठकमा जाँदै गरेका एक नेताले भने, ‘हामीलाई आकस्मिक बैठकमा आउन पर्‍यो भनेर बोलाइयो । छलफलको एजेन्डा भने त्यहीँ पुगेपछि थाहा होला।’

उपसभामुख रानालाई पदीय आचरणअनुसार काम नगरेको आरोप दुई दलको छ।

उच्च स्रोतका अनुसार उपसभामुखविरुद्धको प्रस्तावमा कांग्रेस र एमालेका सांसदहरुको हस्ताक्षर संकलन भइरहेको छ । केही सांसदले भने हिजै हस्ताक्षर गरिसकेका छन।

प्रतिक्रिया दिनुहोस