गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे

गोरखामा निजी स्तरबाट निर्माण भएको अत्याधुनिक सुविधासम्पन्न एनपीआइ गोरखा अस्पतालको सेवा शुभारम्भ गर्ने क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आफ्नो प्रदेश स्वास्थ्यको हब बन्ने चरणमा रहेको दाबी गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गोरखामा सय शैय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि चितवन, पोखरा र काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको जिकिर गरे ।

मुख्यमन्त्री पाण्डेले स्वास्थ्य सेवा सबै जनताको पहुँचमा पुग्नुपर्ने पनि जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस