सुनको मूल्य हालसम्मकै उच्च,२ लाख रुपैयाँ नजिक पुग्दै

नेपालमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ।

हिजो बिहीबार प्रतितोला एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा एक हजारले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला दुई हजार ३१५रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला दुई हजार ३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस