कास्कीको मादी गांउपालिका वडा नं.६ मा यहि असार १५ गते करेन्ट लागेर विजय बराल गम्भीर घाइते भएका छन।
बराल घाइते भई जीवनमरणको अवस्थामा रहेको वडा कार्यलयले एक विज्ञप्ति मार्फत जनाएको छ।
बरालले मकैको ढोडको भारी बोक्ने क्रममा सुपर मादी हाईड्रोपावरको हाईटेन्सन लाइनको विद्युत सट भएर करेन्ट लागेको वडा अध्यक्ष डिल बहादुर क्षेत्रीले विज्ञप्ति बाट जनाएका छन।
क्षेत्रीले उक्त सुपर मादी हाईड्रोपावरलाई नेपालको प्रचलित कानुन र विद्युतिय कानुन दायित्व बारे अवगत गराउदै घाइते बराललाई यथाशिघ्र उचित राहात,क्षतिपुर्ती तथा आवश्यक उपचार सहयोग गरिदिन माग गरेका छन।
साथै आगामी दिनमा यस्ता घटना घट्न नदिन सुरक्षा पुर्वाधारका मापदण्ड कडाईका साथ पालना गर्न समेत स्पष्ट सुपर मादी हाईड्रोपावरलाई जानकारी गराएका छन।
अध्यक्ष डिल बहादुर क्षेत्रीले वडा कार्यलय पिडित विजय बरालको उपचार,सुरक्षा उपाय तथा न्यायिक प्रक्रिया अगाडी बढाउने पक्षमा रहेको जानकारी गराउदै भ्रममा नपर्न अनुरोध गरेका छन।