पोखरा।विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पस पोखरामा विद्यार्थिहरुले प्रशासन समक्ष पेश गरेका १७ बुदें मागको बारेमा अझै पनि वार्ता छलफल हुन सकेको छैन।
विद्यापीठमा सह-प्राध्यापक काशीनाथ कंडेलले आफ्नै श्रीमती उप-प्राध्यापक दिपा शर्मा कंडेलको प्रियड पढाउने अनियमितता,पछिल्लो विवादको विषय बनेपछि विद्यार्थिहरुले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा धनेश्वर नेपाल र रेक्टर प्रा.भोजराज जोशीलाई जानकारी गराएका थिए।साथै छात्रवास निमार्णको हिसावकिताव छानविनको माग गरेका छन।नेसंवि बाट यि विषयमा अझैपनि सुनवाई नभएको विद्यार्थिहरुले जानकारी गराएका छन।

अनियमितता र हिसावकिताव छानविनको लागि अख्तियार कार्यलय जाने तयारी भैरहेको विद्यार्थिहरुले बताए।यसको प्रभावले विन्दुवासिनी विद्यपीठको आर्थिक र प्रशासन शाखाको तालावन्दी फुटाउने प्रपञ्च चलेको छ,रहस्यमय तवरले विकास समितिले पनि यसमा साथ दिने हल्ला चलेको विद्यपीठका प्रध्यापकले बताए।
विन्दुवासिनी विद्यापीठ पोखराका सह-प्राध्यापक श्रीमान कंडेलले उप-प्राध्यापक श्रीमती शर्माको विषय पढाउने अनियमितता र छात्रवास हिसावकिताव छानविनको चर्चा चलेपछि यसको सुनवाईलाई आनकानी गर्दै भिसी र रेक्टरले ताला फोड्न ठाडो आदेश दिएको चर्चा चलेको छ!
विद्यार्थिहरुले प्रस्तुत गरेका मागको सुनवाई नगर्ने ढीठ गरिरहेका भिसी नेपाल र रेक्टर जोशी पोखरा आंउदा पनि विन्दुवासिनी क्याम्पस प्रवेश गर्दैन।’जहा फोहरको विकृती विसंगती त्यहा भिसी नेपाल र रेक्टर जोशी!’भन्ने भाष्य अहिले नेसंविमा चर्चामा छ!वाल्मीकी विद्यापिठका प्रजातान्त्रीक प्राध्यापक संघ निकट प्रध्यापकहरुले यस बारे सडक,चोक र गल्लीमा पटक-पटक कार्यकारिणीका गल्तीको आलोचना गरेको सुन्न पाईन्छ।