सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम तिव्र पारिएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा सीमा स्तम्भहरू गाड्ने काम सुरुवात भएसंगै फेवातालको भकुन्डे माछा पोखरी क्षेत्रमा पिल्लर गाड्ने कार्यको भएको छ।

पोखराको फेवातालमा सीमा स्तम्भ गाड्ने अभियान हाल ३४ प्रतिशत सम्पन्न भएको छ । गत जेठ १७ गतेदेखि सुरु भएको उक्त कार्यको हालसम्म ३ सय ६० पिल्लरहरु गाडिएदा ३४ प्रतिशत सीमा स्तम्भ गाड्ने अभियान सम्पन्न भएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले बताउनु भयो।
एक ऐतिहासिक कार्यको साक्षीका रूपमा उनीहरूको योगदान अतुलनीय रहेको मेयर आचार्यले बताउनु भयो । निष्ठाका साथ फेवातालको प्राकृतिक न्यायका लागि लागि रहेका सवैप्रति उहाँले आभार पनि व्यक्त गर्नुभएको छ । पहिलो चरणमा ताल घरमा सीमा स्तम्भ गाड्ने र दोस्रो चरणमा थप काम सुरुवात गर्ने महानगरपालिकाको योजना रहेको उहाँको भनाई छ।
फेवातालको ६.३४३ वर्ग किलोमिटर क्षेत्रफलको चार किल्लामा १०५५ पोलहरु गाडिनेछन।