गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

पोखरापाटी।गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको नीति तथा कार्यक्रम आइतबार प्रदेश सभाबाट पारित भएको छ ।

गण्डकी प्रगेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रमको पक्षमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले समर्थन गरे ।

विपक्षी दल माओवादी केन्द्रले नीति तथा कार्यक्रमको विपक्षमा मतदान ग¥यो भने राप्रपा तटस्थ बस्यो । यही जेठ २१ गते प्रदेश प्रमुख डिल्लीराज भट्टले उक्त नीति तथा कार्यक्रम वाचन गरेका थिए । जेठ २३, २४ र आज गरी दिनसम्म उक्त नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गरिएको हो।बैठकमै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सदनमा उठेका प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गरिएको हो।

प्रतिक्रिया दिनुहोस