
Former Nepali Prime Minister and Chairman of the Communist Party of Nepal- Unified Socialist, Madhav Kumar Nepal, is pictured during a gathering of the communist alliance in Kathmandu, Nepal, on January 28, 2025. (Photo by Sanjit Pariyar/NurPhoto via Getty Images)
आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद स्वतः निलम्बन भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालविरुद्धको केहीबेरअघि दर्ता भएको अख्तियार स्रोतले बतायो । नेपालको इतिहासमा पहिलोपटक प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो।मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पनि यो पहिलो पटक हो।
नेपाल नेतृत्वको सरकारले २०६६ माघमा ८१५ रोपनी जग्गा किन्न अनुमति दिएकोमा त्यसमध्ये ३५३ रोपनी नगरकोट क्षेत्रको जग्गा प्लटिङ भएको हो । हदबन्दी छुटको जग्गा बिक्री गर्न दिने निर्णय पनि तहगत रुपमा मन्त्रीपरिषदबाटै भएको थियो ।तत्कालीन मन्त्रीले मन्त्रिपरिषदमा उठाएर लैजाने फाइलमै ‘सम्माननीय प्रधानमन्त्रीज्यूको मौखिक आदेश अनुसार हदबन्दी छुटको जग्गा बेच्न अनुमति दिने’ भनेर प्रस्ताव अघि बढाएको आधारमा तत्कालीन प्रधानमन्त्री नेपाल यसमा तानिएका हुन् ।