ज्ञानुबाबा आवासीय मा.वि मा निर्वाचन द्वारा क्यापटेन छनौट

पोखराको स्थापित शैक्षिक संस्थाको रुपमा परिचित ज्ञानुबाबा आवासीय मा.वि मा विद्यार्थिहरुलाई मतदान प्रक्रियामा अभ्यास सहित सहभागी गराई निर्वाचनको माध्यम बाट विद्यालयको क्याप्टेन र सहायक क्यापटेन चयन गरिएको छ।
मतदाताको रुपमा सहभागी हुदै विद्यार्थिहरु आफुले रुचाएको ब्यक्ति क्यापटेन जिताउन पाएकोमा खुशी ब्यक्त गरे।मतदान प्रक्रियामा पांच देखि दश कक्षा सम्मका ३४० जना विद्यार्थि सहभागी भएका थिए।

निर्वाचनको प्रक्रियामा साईकल चिन्ह बाट बिजय भएर क्यापटेन बन्न सफल भएकोमा साकुरा गुरुङले विद्यार्थि साथीहरुलाई धन्यवाद ब्यक्त गरिन भने सहायक क्यापटेनमा चम्चा चिन्हका हिक्मत भण्डारी निर्वाचित भएका थिए।

मतदानको लागि विद्यलयले शिक्षक बिबेक अधिकारीलाई संयोजक बनाएको थियो भने मतदान प्रक्रियालाई सहज बनाउन लेखा प्रमुख शुष्मा गुरुङ लागेकी थिईन।मतदान प्रक्रियाको अवधिमा सहयोगी भुमिकामा विद्यालयका सम्पुर्ण शिक्षकहरु लागेका थिए।

निर्वाचन प्रक्रियाको समापनमा विद्यालयकी प्रिन्सीपल शुभकन्य गुरुङले निर्वाचित क्यापटेन र सहायक क्यापटेनलाई प्रमाणपत्र,ब्याज र खादा लगाएर सम्मान गरेकी थिईन।निर्वाचित क्यापटेन र सहायक क्यापटेन लगायत मतदानमा सहभागी विद्यार्थिहरुलाई बधाई एवम शुभकामना ब्यक्त विद्यालयका शिक्षिक एवम कोअडीनेटर बाबुराम सुवेदीले गरेका थिए।

निर्नाचन प्रक्रियाको अध्यक्षता विद्यालयका संस्थापक कृष्ण बहादुर गुरुङले गरेका थिए।

प्रतिक्रिया दिनुहोस