
विदेश जान नपर्ने परिवेश कहिले बन्छ
गरिबलाई यो भुमि विशेष कहिले बन्छ
मुलुक भित्र सधै लुट्नेहरुको मात्र राज छ
भनिदिनु होस न यसरी यो देश कहिले बन्छ!
॰॰॰
यता घरखेत सबै बनमाराले पुरेको छ
उता परदेशमा छोरालाई नयां घर जुरेको छ
स्वदेश बाट यत्ति एउटा खवर सुनाईदिनु
आमाको लासले छोरालाई मलामी कुरेको छ।
प्रतिक्रिया दिनुहोस