राईको गिरफ्तारी बिरुद्द गृहमन्त्री लामिछानेको पुत्ला दोहन देखि शैक्षिक हड्ताल सम्म गर्ने !

अखिल  (क्रान्तिकारी ) का केन्द्रिय अध्यक्ष मिलन राईको गिरफ्तारी बिरुद्द क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बिध्यार्थि संगठन  अखिल ( क्रान्तिकारी )ले गृहमन्त्री लामिछानेको पुत्ला दोहन देखि शैक्षिक हड्ताल सम्म गर्ने  कार्यक्रम सार्वजनिक गरेको छ ।

उत्त संगठनका सह- संयोजक पेशल दाहालद्वारा हस्ताक्षरीत एक बिज्ञप्तिमा संगठनका केन्द्रिय अध्यक्ष मिलन राईलाई प्रहरीले विनाकारण गिरफ्तार गरि हिरासतमा राखेको आपत्ति जनाउँदै जेठ २ गते देखि  ६ गतेसम्मका लागि विभिन्न संघर्षका कार्यक्रमहरु तय गरेको जनाएको छ ।

बिज्ञप्तीमा संघर्षका कार्यक्रम अतर्गत जेठ २ गते कोण सभा, जेठ ३ गते गृहमन्त्रीको पुत्ला दोहन, जेठ ४ गते पर्चा बितरण,प्रचारप्रसार तथा दलाल राज्यसत्ताका प्रहरी प्रशासनको स्वत आतंकको भण्डाफोर, जेठ ५ मसाल जुलुस साथै जेठ ६ गते आम शैक्षिक हड्ताल गर्ने उल्लेख गरेको छ ।

उत्त संगठनका अध्यक्ष राई प्रहरीद्वारा बैशाख ३१ गते राती नागार्जुन नगरपालिका १ रानिवन कृष्ण मन्दिरबाट निवास तर जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो भने उनलाई अभद्र ब्यवहारको मुद्दा चलाईएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस