काठमाडाैँ : माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालका नेताकार्यकरताहरूले दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई शुक्रबार बिहान कालोमोसो दलेकाे समाचार प्राप्त भएकाे छ ।
दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई कालो मोसो किन ?
भन्ने बिषय राखी विभिन्न ६ वटा बुदाहरु समेत उत्त संगठनले सार्वजनिक गरेको छ । जसमा
दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको, डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेको, इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएको,कर्मचारीको सरुवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेको, किसानबाट संकलन भएको दूध बिक्री नगरी पाउडर बनाएर गोदाममा थन्क्याउने र कमिसनको लागि दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातका लागि मन्त्रालयमा लिखित प्रस्ताव गरेको, महाप्रबन्धकको नियुक्ति लिएयता पहिलो वर्ष ३७ करोड र दोस्रो वर्ष ६० करोड गरि ९७करोड संस्थान घाटामा लगेको जस्ता आरोपहरु लगाईएको छ ।