रामबहादुर बम्जनविरुद्ध मुद्दा हालेकी किशोरीका बुवाको दुर्घटनामा परी मृत्यु !

रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीका बुवाको मृत्यु भएको छ । सिन्धुली प्रहरीका अनुसार जिल्लाको भिमानमा मंगलबार ट्याक्टरले ती किशोरीको बुवालाई ठक्कर दिँदा दुर्घटना मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार डकाहाबाट भिमान तर्फ आउँदै गरेको प्र २—०४—००१ त ००१० नम्बरको ट्याक्टरले रौतहटबाट रौतहटबाट डकाहा तर्फ जाँदै गरेको बा ५८ प ९१४१ र रौतहटबाट डकाहा तर्फ जाँदै गरेको ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर बाट घाइते भएका मोटरसाइकल चालक जिल्ला रौतहट गुजरा नगरपालिका २ का ६३ वर्षीय किशाेरीका बाबुकाे  जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हाे।  टाउको र अनुहारमा चोट लागेकाे अवस्थामा गम्भीर रहेको उनकाे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको हाे । उनकाे शव जिल्ला अस्पताल सिन्धुलीमा रहेको छ।

दुर्घटनामा  ना ११ प ५७५० नम्बरको मोटरसाइकल  चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका २ घर भएका ६३ वर्षीय विष्णु बहादुर थिङको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको  प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस