बाग्लुङ – बाग्लुङ जिल्ला बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीमाथी कालोमोसो लगाईएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केही कार्यकर्ताले बाटोमा मोटरसाईकल सवार केसीलाई रोकि कालोमोसो दलिएको भन्ने खबर पोखरापाटीलाई प्राप्त भएको छ ।
बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ शाखा प्रमुख विरेन्द्र केसीको मिलेमतोमा म्याद गुज्रिएको औषधि खरीद बिक्री गर्दै जनताको स्वास्थमा प्रतिकुल असर पार्नेगरि कमिशनको खेलमा लागेको भन्दै उत्त पार्टीले कारवाही स्वरुप कालोमोसो दलेको बताएको छ ।