पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापती विजयी भएका छन् ।
शनिवार भएको संघको निर्वाचनमा १ हजार ६१३ मतसहित अध्यक्षमा पवन विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अर्जुन पोख्रेलले ८९७ मत प्राप्त गरेका थिए ।
संघको निर्बाचनमा पवन र अर्जुन प्यानल बनाएरै भिडेका थिए भने अधिकांश पदाधिकारी र सदस्यमा पवन प्यानलले जितेकाे छ ।
बरिष्ठ उपाध्यक्षमा गाेकर्ण कार्की, बाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, उपमहासचिवमा शाेभा गाैतम र काेषाध्यक्षमा दिनेशचन्द्र बाँस्ताेला विजयी भएका छन् । यी सबै पवन प्यानलका हुन् ।
अर्जुन प्यानलले उद्याेग उपाध्यक्षमा मात्र पदाधिकारी जितेकाे छ । उद्याेग उपाध्यक्षमा देवेन्द्र केसी विजयी भएका छन् ।
सदस्यमा पनि पवन प्यानलले नै धेरै जित हात पारेकाे छ । १० जना सदस्य मध्ये ६ जना पवन प्यानलका छन् ।