अखिल नेपाल ट्रेड युनियन महासंघ कास्कीको अध्यक्षमा बलराम तामाङ्ग !

बलराम तामाङको नेतृत्वमा २७ सदस्यिय अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कास्की जिल्ला समितिको चयन

“अर्थवाद, ट्रेडयुनियनबाद, र बर्ग समन्वयवादका बिरुद्द संघर्ष गरौं ! क्रान्तिकारी मजदुर आन्दोलनको बिकास गरौं !!” भन्ने मुल नाराका साथ महान सहिद क बासु र क बैरागीको स्मृतिमा आयोजित अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ कास्कीको जिल्ला भेला सम्पन्न भएको छ ।

पोखराको औद्योगिक क्षेत्रमा भएको भेलाले बलराम तामाङको नेतृत्वमा २७ सदस्यिय अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कास्की जिल्ला समितिको चयन गरेको हो ।

अखिल नेपाल ट्रेडयुनियन महासंघका केन्द्रीय अध्यक्ष बिनोद थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपा( बहुमत)कास्की जिल्ला इन्चार्ज गोकुल पराजुलीको बिशेष उपस्थिति रहेको थियो भने भेलामा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय उपाध्यक्ष  शिशिर थापा, महासंघका गण्डक संयोजक बिजय अधिकारी, यातायात मजदुर संगठन केन्द्रिय अध्यक्ष कालिबहादुर पाण्डे, नेकपा ( बहुमत )कास्की जिल्ला संयोजक बद्री अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यस्तै अखिल नेपाल ट्रेडयुनियन महासंघ कास्कीका सदस्य जुना राईद्वारा संचालन गरीएको कार्यक्रममा युवा जनस्वयंसेवक नेपाल कास्कीका जिल्ला अध्यक्ष, अखिल नेपाल क्रान्तिकारी महिला संगठनका जिल्ला संयोजक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघका केन्द्रिय अध्यक्ष बिनोद थापाले मजदुरले पाउनुपर्ने हक अधिकारका लागी आफुहरु आन्दोलनमै रहेको उल्लेख गर्नुभएको थियो  यस्तै उहाँले मजदुर माथि गरीएका सबैखाले करार प्रथाको अन्त्य गरी श्रमिकलाई नियुक्तिपत्र , उचित तलव भत्ता , सञ्चय कोष, उपदान, बोनस, जिवन बिमा, दुर्घटना बिमा, ग्रेड, सामाजिक सुरक्षा लगायतका सुबिधाहरु प्रदान गर्न र गराउन संगठन आन्दोलनमै रहेको जिकिर गरेका थिए भने कास्की जिल्ला इन्चार्ज गोकुल पराजुलीले मजदुर माथि जसरी मालिकहरुले श्रम शोषण गरीरहेका छन् त्यसको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।

यस्तै कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष कालिबहादुर पाण्डे,  ट्रेडयुनियन महासंघका उपाध्यक्ष शिशिर थापा, कास्की जिल्ला सम्योजक बद्री अधिकारी लगायतले समेत शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस