ने क पा (बहुमत)कास्कीको राष्ट्रिय जागरण तथा संगठन बिस्तार अभियान कार्यक्रमको उद्दघाटन पोखरामा !

नेकपा (माओवादी) परित्याग गरी दुई जना नेकपा ( बहुमत ) कास्कीमा समाहित

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)कास्कीले राष्ट्रिय जागरण तथा संगठन बिस्तार अभियान कार्यक्रमको उद्दघाटन गरेको छ ।

कास्की जिल्ला संयोजक बद्री अधिकारीको अध्यक्षतामा पोखराको औधोगिक क्षेत्रमा प्रशिक्षण कार्यक्रम सहित अभियानको उद्घाटन गरेको हो ।

शनिबार पार्टी गण्डक व्युरो इन्चार्ज क.रुपेशको प्रमुख आतिथ्यतामा पार्टी जिल्ला इन्चार्ज गोकुल पराजुली ,अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का महासचिव सागर अर्याल, पार्टी जिल्ला सल्लाहकार धन बहादुर बिक सहितको आतिथ्यतामा आयोजित कार्यक्रम पोखरा महानगर इन्चार्ज  रबिन्द्रले सन्चालन गरेका थिए ।

नेकपा ( बहुमत ) कास्कीले महत्त्वपुर्ण प्रशिक्षण सहित अभियान उद्घाटन कार्यक्रममा नेकपा (माओवादी ) केन्द्रिय समितिमा रहि काम गरेका निस्चल र कास्की जिल्लामा रहेर काम गरेका शिब उत्त पार्टी परित्याग गरि नेकपा(बहुमत)मा प्रबेश गरेका थिए ।

यस्तै प्रशिक्षण कार्यक्रम समापन सङ्गै पार्टी कार्यालय औधोगिक क्षेत्रबाट र्याली सहित निस्किएर MCC,SPP , नागरिकता बिधयेक खारेज,३ बुँदे सम्झौता कार्यन्वय ,सम्पुर्ण राजबन्दी रिहाईको माग सहित आम्मरसिंङ्ग चोकमा पुगि कोण सभा समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस